Logo

सुन मूल्य बढ्यो



काठमाडौँ, २५ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सयले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्