Logo

मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज घट्यो



काठमाडौँ, २५ माघ । मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।

आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्