Logo
  चैत्र १५, २०८० बिहीबार

‘च्याट जेपीटी’को साइबर अपराधबारे चेतावनी



लण्डन, २५ फागुन (एएफपी) । बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुनसक्ने चेतावनी दिएको छ ।

सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याट जेपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपन एआई’ले गत वर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थियो । “डार्कट्रेसले च्याट जीपीटीले थप चुनौतीहरूको प्रवेशमा बाधा कम गरेको भन्नेमा विश्वास गर्दैन,” फर्मले भनेको छ ।

“तर यसले साइबर अपराधक (फिशिंग ई–मेल)हरूको परिष्कार बढाउन मद्दत गरेको विश्वास गर्छ । यसले विरोधीहरूलाई अधिक लक्षित, व्यक्तिगत र अन्ततः, सफल आक्रमणहरू सिर्जना गर्न सक्षम बनाउँछ ।

‘जेनेरेटिव एआई’ मध्येको च्याट जीपीटी एक उदाहरण हो जसले तथ्याङ्क र अनुरोधको आधारमा एक छवि, एक कविता, एक हजार–शब्द निबन्धजस्ता सामग्री सेकेन्डमा तयार पारी सेवाग्राहीलाई उपलब्ध बनाउन सक्छ ।

डार्कट्रेसले बुधबार भनेको छ, “च्याट जीपीटीले साइबर सुरक्षाका लागि जेनेरेटर एआईको प्रभावका बारेमा विषयलाई बाहिर ल्याएको छ ।” यद्यपि, ‘च्याट जेपीटी’ जारी भए तापनि आफ्ना ग्राहकहरूमाथि इमेल आक्रमणहरू जारी रहेको र दुर्भावनापूर्ण लिङ्कहरू भएकाहरूको सङ्ख्यामा कमी आएको कम्पनीले जनाएको छ ।

यद्यपि यसले ती इमेलहरूको विराम चिह्न, वाक्य लम्बाइ र पाठ भोल्युमसहित ‘भाषिक जटिलता’मा वृद्धि भएको जनाएको छ । “यसले साइबर–अपराधीहरूले उनीहरूको ध्यान अधिक परिष्कृत सामाजिक इन्जिनियरिङ अपराधहरू निर्माण गर्न पुनः र्निर्देशित गर्न सक्दछन् भन्ने सङ्केत गर्दछ र प्रयोगकर्ताको विश्वासको शोषण गर्दछ ।

डार्कट्रेसले बुधबार सार्वजनिक गरेअनुसार यसको खुद मुनाफा यसको वित्तीय वर्षको पहिलो छ महिनामा ८६ प्रतिशतले घटेर ५८ करोड १० लाख अमेरिकी डलरमा झरेको बताएको छ । डार्कट्रेसको शेयर ‘लण्डन मिड डे डिल’मा १.२ प्रतिशतले बढेर २६७.१० पेन्स पुगेको छ, तर स्टक गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेको छ ।

साइबर आक्रमणको सामना गर्न अत्याधुनिक मानव निर्मित बौद्धिक प्रविधि प्रयोग गर्ने कम्पनीले सन् २०२१ मा लण्डनको शेयर बजारमा लगानी गरेको थियो । यद्यपि समूहको खाताको चिन्ता र अमेरिकी निजी ‘इक्विटी फर्म थोमा ब्राभो’ले सन् २०२२ मा आफ्नो अधिग्रहण चासो समाप्त गरेपछि गत डेढ वर्षमा शेयरमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्