Logo
  चैत्र १८, २०७९ शनिबार

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो



काठमाडौँ, २ चैत । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

बुधवार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको मूल्य तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्