Logo

भोलीदेखि एसईई परीक्षा



भक्तपुर, १६ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि चैत २९ गतेसम्म हुने भएको छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा देशभरिका पाँच लाख १६ हजार ५७७ जना विद्यार्थी सहभागी हुने भएका छन् । देशभर दुई हजार ३७ परीक्षा केन्द्र छन् ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ ।

 

प्रतिक्रिया दिनुहोस्