Logo

चितवन-२ मा रवि लामिछाने विजयी



चितवन, १२ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका हुन् ।

गएको मंसिर ४ गते भएको चुनावमा उनले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने अहिले ५४ हजार १ सय ७६ मत पाएका छन् । उनले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका हुन् । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ ।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्