Logo

एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने



झापा, १२ वैशाख । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो ।

उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियान लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्