Logo

आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा



अमेरिका, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेको जानकारी गराएको बीबीसीले जनाएको छ ।

स्वतन्त्रता र अधिकार खतरामा रहेको भन्दै उनले स्वतन्त्रता र अधिकारका लागि आफू दौडिरहेको बताएका छन् । अमेरिकी इतिहासकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकाल सकिँदा ८६ वर्षको हुनेछन् ।

उमेरका कारण राष्ट्रपतिमा दोहोरिनु उपयुक्त हुन्न भन्ने मत रहे पनि डेमोक्र्याटिक उम्मेदवारीका लागि बाइडेनसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी नदेखिएकोले उनको उम्मेदवारीको सहज बाटो निश्चितजस्तै रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्