Logo

उपनिर्वाचन: रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत



बारा, १३ वैशाख । बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा उनले जम्मा २ हजार ८ सय २७ मत ल्याएका छन् । जमानत बचाउन कुल खसेको मतको १० प्रतिशत ल्याउनु पर्ने हुन्छ ।

कुल ६९ हजार २२ मत खसेको उक्त स्थानमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुँदा खरेल चौथो बनेका हुन् ।

यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने दोस्रो भएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् ।

तेस्रोमा नेकपा एमालेका पुरूषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाएका छन् । उक्त क्षेत्रमा ३४ जना उम्मेदवार चुनावी मैदानमा थिए । गत मंसिर ४ को आम निर्वाचनमा विजयी भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपचुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्