Logo

राष्ट्रियसभाको बैठक सर्‍यो



काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभाको बैठक सरेको छ ।

आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिम्ल्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्