Logo

रवि र स्वर्णिमले लिए शपथ



काठमाडौँ, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै लोगो वितरण गरेका हुन् ।

त्यस्तै अर्का सांसद उपेन्द्र यादव भने काठमाडौँ बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित भएको बताइएको छ ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२, वाग्ले तनहुँ-१ र यादव  बारा-२ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्