Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा शपथ ग्रहण



दाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

यसअघि एमालेका लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमवार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्