Logo

पश्चिम बङ्गालमा चट्याङ लागेर १५ जना किसानको ज्यान गयो



भारत, १५ वैशाख । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भीषण वर्षा भएको छ ।

चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन-तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्