Logo

पञ्जाबको कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत



पञ्जाब, १७ वैशाख । पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्