Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, २२ वैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वैशाख २६ गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

वैशाख २९ देखि ३१ सम्म झापामा बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा फागुन ६ गतेदेखि वैशाख ६ सम्म भएको ग्रासरुट अभियानको समीक्षा समेत हुने नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्