Logo

सूचनाको महत्त्व अझै बुझ्न सकेनौं: सभामुख



काठमाडौँ, २२ वैशाख । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्व बुझ्न नसकेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले सूचनाको आमनागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए । उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरा व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरेका थिए ।

उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए । उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हाम्रो देशमा पनि अहिलेको लोकतन्त्र र गणतन्त्र उपभोग गर्ने सन्दर्भमा संविधान निर्माण गर्नुभन्दा केही अघिदेखि सूचनाको हक स्थापित गरेका छौँ । मौलिक हकको रूपमा राख्यौँ । यसको महत्त्व आत्मसात गर्ने कुरामा केही अभाव छ ।’

प्रतिक्रिया दिनुहोस्