Logo

‘नक्कली शरणार्थी प्रकरणमा भ्रष्टलाई जोगाएर एमालेविरुद्ध नियोजित रूपमा प्रहार भयो’



काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भ्रष्टहरूलाई जोगाउने र एमालेमाथि नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले नक्कली शरणार्थी प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको पनि दाबी गरे । प्रधानमन्त्री भएर स्टन्ड नभएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र भए मुकाबिला हुने चेतावनी पनि दिए ।

ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको पनि दाबी गरे । उनले प्रधानमन्त्रीले नै आफूलाई दुईपटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरूलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्