Logo

भारतमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो



भारत, २६ वैशाख । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।

खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएका हुन् । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्