Logo

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु



इजरायल, २६ वैशाख । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन् ।

मङ्गलबार बिहान २ बजे (स्थानीय समय अनुसार) गाजा क्षेत्रभरि आवासीय फ्ल्याटहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो । प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) आन्दोलनले पत्नी र बच्चाहरूसहित आफ्ना तीन नेता मारिएकोमा आक्रोश व्यक्त गरेको अल जजीराले जनाएको छ ।

प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका तीन वरिष्ठ सदस्य इजरायली सेनाको मङ्गलबार बिहानको बमबारीमा मारिएका थिए । गाजामा ‘अपरेशन शिल्ड एण्ड एरो’ अन्तर्गत विस्फोट भएको थियो ।

सो कारबाही अघि गाजाको ४० किलोमिटर (२५ माइल) भित्रका इलाकाका इजरायली बासिन्दाहरूलाई जवाफी हमलाहरूको डरले सन्त्रासमा पारिएको थियो ।
द टाइम्स अफ इजरायलका अनुसार इस्लामिक जिहादका नेताहरूमाथि अघिल्लो हमलाहरूले इजरायली नागरिकहरूमा रकेटको ब्यारेज र इजरायली सेनाहरूसँगको तीव्र लडाइहरू निम्त्याएको छ । सो हमला केही दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्