Logo

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्