Logo

नक्कली शरणार्थीको तथ्य संसदमा खोल्छु ः अध्यक्ष ओली



काठमाडौँ, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न व्यक्तिको तथ्य संसदमा खोल्ने बताएका छन् ।

नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले आगामी जेठ चार गते संसदमा शरणार्थी प्रकरणको तथ्य खोल्ने बताए । उनले भने, तथ्यहरु खोजिरहेको छु, सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु ।

उनले संसदमा को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्