Logo

कांग्रेसले बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने



काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकले पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीवार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले खाणबारे पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए ।

उनले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्