Logo

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्छ: यादव



जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

“यस्तो घटनाको निष्पक्ष छानबिन गरेर अन्तर्राष्ट्रियजगत्मा नेपालको छवि स्वच्छ बनाउनुपर्छ,” उनले भने, “भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धमिलो भएको छ । अमेरिकाको नजरमा पनि नराम्रो भएको छ । यो सवाललाई सम्बोधन गर्न निष्पक्ष छानबिन हुनु जरुरी छ ।”

देशलाई आर्थिक संकटबाट बचाउन सुशासन कायम हुनुपर्नेमा उनले जोड दिए । सुशासनको अभावकै कारण देशमा आर्थिक मन्दीको स्थिति उत्पन्न भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्