Logo

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिए



कास्की, २९ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि उनको ठाउँमा कांग्रेसका आले मन्त्री बनेका छन् ।

गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस-माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । १५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्