Logo

कर्नाटक निर्वाचनमा मोदी लहरमा ब्रेक, काङ्ग्रेसले ल्यायो एकल बहुमत



काठमाडौँ, ३० वैशाख । दक्षिण भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई) ले १ सय ३६ सीटसहित एकल बहुमतको जित हाँसिल गरेको छ ।

सत्तारुढ भारतीय जनता पार्टी (विजेपी) ६५ सीटमा सीमित भएको छ । यसैगरी जेडिएसले १९ सीट र क्षेत्रिय दल र स्वतन्त्रले दुई दुई सीट जितेका छन् । विजेपीले अघिल्लो निर्वाचन भन्दा ३९ सीटक कम ल्याएको छ । निर्वाचन लडेका ११ जना मन्त्री पराजित भएका छन् ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि बुधवार सम्पन्न निर्वाचनको मत गणना शनिबार राति सकिएको छ । काङ्ग्रेसले प्राप्त गरेको ४३ प्रतिशत जनमत र एकल बहुमतले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा ब्रेक लागेको विश्लेषण गर्न थालिएको छ । कर्णाटकमा विजेपी आन्तरिक कलहमा थियो भने काङ्ग्रेस एकतावद्ध भएर निर्वाचनमा होमिएको थियो ।

विजेपीले हिन्दूत्व र हनुमानको नारा लगाएको थियो । तर, काङ्ग्रेसले वेरोजगारी, महंगी र स्थानीय मुद्दा उठाएको थियो । दक्षिण भारतका नागरिक प्रधानमन्त्री मोदीका धार्मिक नारामा आकिर्षित नभएको विश्लेषण गरिएको छ । काङ्ग्रेसका नेता राहुल गान्धीको भारत जोडो यात्राले पनि सकारात्मक प्रभाव पारेको थियो ।

सन् २०२४ को लोकसभा निर्वाच अधि आन्द्र प्रदेश, अरुणाचल प्रदेश, सिक्किम र उडिसा राज्यको विधानसभा निर्वाचन हुँदैछ । यी निर्वाचन परिणामले मोदीको लोकप्रियता र विजेपीको अग्रता निर्धारण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्