Logo

संगीतकार शर्माका ६ चलचित्रका गीत एउटै संग्रह



काठमाडौँ, ८ जेठ । संगीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको संग्रह बजारमा ल्याएका छन् । गीतको संग्रह आइतबार गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक स्वयम्ले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

संग्रहमा चलचित्र ‘छक्का पञ्जा’को शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको ‘देखन चम्पा’, चलचित्र ‘छक्का पञ्जा ३’को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र बिन्दु परियारको स्वरको ‘पहिलो नम्बरमा’, ‘छक्का पञ्जा ४’ को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरको ‘दर्शन सलाम’, चलचित्र ‘मंगलम’को दीपककै शब्द, बिन्दु परियार र कृष्ण काफ्लेको स्वरको ‘पर्ख पर्ख मायाँलु’, चलचित्र ‘हवल्दार सुन्तली’को लेखु सहयात्रीको शब्द र सहिमा श्रेष्ठको स्वरको ‘चि मुसी ची’ गीत रहेका छन् ।

विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो संघर्ष र अहिलेको अवस्थासम्म आइपुग्दा साथ दिने आफ्ना सांगितिक गुरु नरहरी प्रेमी, वरिष्ठ गीतकार थापाको प्रशंसा गरे उनले दर्शक स्रोताको मायाले ६ वटा गीतले करोडदेखि तीन करोड बढी भ्युज पाएको बताए ‘‘यिनै करोड क्लबमा पुगेका गीतहरूको संग्रहलाई सार्वजनिक गरेका हुँ’, कार्यक्रममा बोल्दै संगीतकार शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्