Logo

काठमाडौँ उपत्यकामा बिहीबार सार्वजनिक बिदा



काठमाडौँ, १० जेठ । सरकारले बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो ।

बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा बिदा दिइएको हो ।

बिदा काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्