Logo

बाहुनडाँगीमा नवराज पराजुलीको कविता कन्सर्ट हुने



मेचीनगर, १० जेठ । बाहुनडाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ ।

बाहुनडाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवसर पारेर जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो ।

स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुनडाँगीको भुगोललाई साहित्यसँगजोड्न कविता कन्सर्टको आयोजना गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

समसामयिक विषयलाई केन्द्रमा राखेर साहित्यको माध्यमबाट व्यवस्थालाई नै प्रहार गर्न सक्ने प्रख्यात कवि पराजुलीलाई बाहुनडाँगीमा ल्याउँदा स्थानीय साहित्यलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष केवल निरौलाले जानकारी दिए ।

उक्त कार्यक्रम सञ्चालनका लागि स्थानीय विभिन्न संघसंस्थाहरुसँगै मेचीनगर-२ र ४ नं वडाले समेत सहयोग गरेको तथा कार्यक्रम आयोजनाका लागि दुई लाख खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीजका पूर्व अध्यक्ष तथा मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले बताए ।

निवर्तमान अध्यक्ष हेमन्त मोक्तानले धन्यवाद मन्तव्य राखेको पत्रकार सम्मेलनको सञ्चालन कार्यक्रम संयोजक देबु बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्