Logo

रुकुमपश्चिममा जिप दुर्घटना: पाँच जनाको अवस्था गम्भीर



रुकुम पश्चिम, ११ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएका छन् ।

प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए ।

सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्