Logo

मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ: लामिछाने



काठमाडौँ, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने बताएका हुन् ।

आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनले बताए ।

‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ ।’

लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने लेखेका छन् ।

युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्