Logo

सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे



काठमाडौँ, १७ जेठ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई ३-१ गोलले हराएको हो ।

मच्छिन्द्रका लागि आफिज ओलावाले ह्याट्रिक गरे भने सातदोबाटोका जोर्डन पुन मगरले १ गोल गरेका थिए । यो जितसँगै मच्छिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेल खेलेको मच्छिन्द्रको ३९ अङ्क छ । सातदोबाटो २९ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्