Logo

विद्यालयमा राजनीति गरेका छैनौं



२०४२ सालबाट शिक्षण पेशामा सम्लग्न भई शिक्षा संकायबाट स्नातकोत्तर (एम.एड.) सम्मको अध्ययन पूरा गर्नुभएका नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका जिल्ला अध्यक्ष तथा २०४७ सालबाट निरन्तर श्री जनता उच्च मा.वि., गौरादहका प्रधानाध्यापक÷प्राचार्य बुद्धिमान कार्कीसँग हाम्रा सम्वाददाता विवेक घिमिरेले गरेको कुराकानी ः–
    नेपाल राष्ट्रिय शिक्षक संगठन कस्तो संगठन हो ?
    नेपाल राष्ट्रिय शिक्षक संगठन नेपाली शिक्षकहरुको पहिलो साझा पेशागत संस्था हो । आज हामी शिक्षकहरुले उपयोग गरिरहेको सुविधाहरु सञ्चयकोष, निवृत्तभरण, उपदान, औषधोपचार खर्च, लगायत उल्लेख्य उपलब्धीहरु यस संगठनको नेतृत्वमा सञ्चालित आन्दोलनका उपजहरु हुन् ।
    नेपालमा राजनीतिक दलका आ–आफ्ना शिक्षक संगठन छन् नी किन ?
    २०४६ सालको राजनीतिक परिवर्तन पछि मुलुुकमा शिक्षकका नयाँ नयाँ पेशागत संस्थाहरु बन्ने क्रमले निरन्तरता पाएपछि आजसम्म आइपुग्दा शिक्षकका दर्जनौ संस्थाहरु क्रियाशिल रहेको अवस्था   छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जेठो र अभिभावक संस्थाको रुपमा आफूलाई नेपाली शिक्षकहरुको माझमा मूल प्रवाहको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । ट्रेड युनियन ऐन अन्तर्गत वैधानिकता प्राप्त गरिसकेको शिक्षक संगठन ट्रेड युनियन अधिकार प्राप्तीका लागि आफ्नो भूमिकालाई सक्रिय बनाइरहेको छ । भ्क्ष् लगायत विश्वका थुप्रै संस्थाहरुसँग ने.रा.शि. संगठनको सम्बन्ध र सम्पर्क छ ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन झापा हाल के गर्दै छ ? यसका गतिविधि के कस्ता छन् ?
    झापा जिल्ला भित्र हाम्रो संगठनको साँगठनिक नेटवर्क जिल्ला, क्षेत्र, इलाका, नगर÷गाउँ हुँदै विद्यालय इकाइसम्म चुस्त र दुरुस्त छ । जिल्लादेखि विद्यालयसम्मका सबै इकाइहरुलाई सक्रिय रुपमा क्रियाशिल बनाइ राख्ने हाम्रो प्रयत्न रहेको छ । तमाम शिक्षकका पेशागत हक हित संरक्षणका सन्दर्भमा हाम्रो संगठन आफ्नै पहलमा र कतिपय अवस्थामा अन्य पेशागत संस्थासँग पनि सहकार्य गर्दै अघिबढीरहेको छ । झापा जिल्ला शिक्षा कार्यालयबाट सम्पादन गरिने कार्यहरु जस्तै ः शिक्षकको आन्तरिक सरुवा, विद्यालयलाई वितरण गरिने भौतिक निर्माणका कार्यक्रम, दरबन्दी मिलान लगायत समग्र पक्षमा हामीले विशेष ध्यान दिएका छौ ।
    अर्को तर्फ  सामुदायिक विद्यालयको गुणस्तर सुधारमा शिक्षक संगठन झापा विगतदेखि नै क्रियाशिल छ । विगत वर्षबाटै संगठनले झापाका ७ वटै निर्वाचन क्षेत्रमा १।१ वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरी उदाहरणीय कार्यको प्रारम्भ गरेको छ ।  गुणस्तरीय शिक्षा सम्बन्धी नेपाल राष्ट्रिय शिक्षक संगठनले भर्खरै राष्ट्रिय परिषद वैठकबाट आफ्नो धारणालाई हामी सक्छौ ९ध्भ अबल(धभ मय० को कार्यक्रम मार्फत सार्वजनिक गर्दै शिक्षकको जिम्मेवारी र भूमिकालाई विशेष महत्व दिएको छ । हामी हाम्रो जिल्लामा यस कार्यक्रमलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रयासमा छौ । साथै सबै खाले शिक्षक, अस्थायी, राहत, बाल विकासका स.का., विद्यालय कर्मचारी, उच्च मा.वि.मा कार्यरत शिक्षकका समस्या समाधान गर्ने सम्बन्धमा राज्यले तत्काल संशोधित आठौ शिक्षा विधेयक मार्फत कार्यक्रम ल्याउनु पर्छ भन्नेमा हाम्रो जिल्ला संगठनले आफ्नो धारणा केन्द्रसम्म पु¥याइरहेको छ ।
    सामुदायिक विद्यालयका अस्थायी तथा राहत शिक्षक बेलाबेलामा आन्दोलनमा उत्रने गरेका छन् यसको कारण र समाधान के हुन सक्छन् ?
    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका समस्या थुप्रै छन् । विद्यालयमा कार्यरत शिक्षक फरक फरक प्रकृतिका छन् । शिक्षकका प्रकृति दर्जनौ छन् । स्थायी, अस्थायी, राहत, लियन, सट्टा, नीजि, पि.सि.एफ., स.का. आदि । उनीहरुको सेवा सुविधामा समेत विभिदता छ । शिक्षकलाई पोशाक दिने सम्बन्धमा समेत विभेद गरिएको छ । स्थायीको प्रकृया वर्षापछि मात्र सुचारु गरिएको छ । शिक्षा नियमावली अनुसार प्रकृया पुरा गरी सेवा प्रवेश गरेका शिक्षकलाई वर्षै पछि अयोग्य सावित गर्नु सरासर अन्यायपूर्ण हो ।
    शिक्षकका पेशागत समस्याका सम्बन्धमा आन्दोलन मार्फत राज्यसँग पटकैपिच्छे सम्झौता भएको छ तर कार्यन्वयन छैन । यसर्थ राज्यको गैरजिम्मेवारपूर्ण व्यवहारले शिक्षक आजित भैसकेका छन् । शिक्षक पेशालाई मर्यादित र सम्मानित बनाउन सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकका जायज मागहरुलाई राज्यले पुरा गर्नुपर्दछ ।
    हाम्रो संगठनले पछिल्लोपटक शिक्षक सेवा आयोगको नतिजा प्रकाशन पश्चात स्थायी शिक्षकलाई पोष्टिङ गर्ने क्रममा कुनै पनि शिक्षकले पेशाबाट बाहिरिने अवस्थाको सिर्जना हुनुहुदैन भन्ने पक्षमा विशेष खवरदारी गरेको थियो । फलस्वरुप हाम्रो पहलमा झापामा पोष्टिङको ढाँचा पुन ःसच्याई अघि बढाइयो जसको कारण झापामा कुनै पनि शिक्षक विस्थापित हुनु परेन ।
    झापा जिल्लाका शैक्षिक समस्या के कस्ता छन् ?
    झापा जिल्ला शिक्षाको विकासको हिसाबले अग्रणी जिल्लाको रुपमा सुपरिचित छ तथापि शैक्षिक समस्यामुक्त भने यो जिल्ला छैन । निम्न माध्यमिक र माध्यमिक तहमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको पूर्णता छैन । त्यसमा पनि विषयगत रुपमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षकको अभाव देखिन्छ । अर्कोतर्फ प्राथमिक तहमा विद्यार्थी संख्या घट्दोक्रममा रहेकोले विद्यालयहरु ःभचनष्लन (गाभिने) अवस्था छ । बजार, शहरी र सदरमुकाम क्षेत्रमा शिक्षक दरबन्दीको पर्याप्तता भएता पनि जिल्लाको दक्षिणी एवं विकट क्षेत्रमा शिक्षकको पहुँच कम छ । धेरै विद्यालयले तहगत रुपमा आफूलाई अपग्रेड गरेको भएता पनि पर्याप्त शिक्षक दरबन्दी  एवं आवश्यक भौतिक अवस्था समेत सुदृढ छैन । अधिकांश शिक्षकहरु तालिम प्राप्त  भए पनि कक्षा शिक्षणमा त्यसको प्रभावकारित देखिएको छैन । वर्षौदेखि कार्यरत अस्थायी र राहत दरबन्दीमा कार्यरत शिक्षकको सेवा सुरक्षाको सुनिश्चितता छैन । वाल विकासमा कार्यरत स.का.हरु अत्यन्त न्यून पारिश्रमिकमा कार्य गर्न बाध्य तुल्याएका छन् भने विद्यालय कर्मचारीको सेवा र सुरक्षाको सुनिश्चितता अझै हुन सकेको छैन ।
    जिल्लाका ६ वटा (१७ मध्ये) श्रोतकेन्द्रमा श्रोतव्यक्ति पद रिक्त छन् । नियुक्तिको प्रक्रिया अघि बढाइए पनि विचैमा रोकिएको । २०६७ पछिका सम्बन्धन पाउने कुनै पनि उमाविहरुले २ वटा दरबन्दीको रकम पाउन सकेका छैनन् । उमाविमा कार्यरत शिक्षकको कसरी व्यवस्थापन हुने अन्योलको अवस्था छ ।
    सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई हुँदैन भन्ने आरोप प्रति के भन्नु हुन्छ ?
    तालिम प्राप्त योग्य, दक्ष र अनुभवी शिक्षकहरु सामुदायिक विद्यालय नै कार्यरत छन् । यति हुँदाहुँदै पनि सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तर सुदृढ छैन र यसको सम्पूर्ण दोष विद्यालयमा कार्यरत शिक्षकहरु माथि थोपर्ने र अन्य पक्षहरु पन्छन् मिल्दैन । नेपालमा अव नीजि तथा संस्थागत विद्यालय र सामुदायिक विद्यालयको शिक्षा शिक्षण पद्धतिलाई कसरी अघि बढाउने ? सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठन हुदैन भन्ने भनाइमा सत्यता छैन । मात्रै सामुदायिक विद्यालयप्रति समुदायको विश्वास घट्दो क्रममा देखिएको छ । शैक्षिक चेतनाको दृष्टिले सचेत वर्ग र आर्थिक सामाजिक हिसाबले सम्पन्न वर्गले नीजि शिक्षा र नीजि विद्यालयलाई रोज्ने क्रम बढ्दै जाँदा क्रमश ः सामुदायिक विद्यालयहरुको अवस्था सुदृढ हुन नसकेको हो । एक समय जुन बेला नीजि विद्याय र नीजि शिक्षा प्रणाली नहुँदा सामुदायिक तथा सार्वजनिक विद्यालयमा शिक्षा लोकप्रिय थियो र अब पनि सर्वपक्षीय चासो र चिन्ता सामुदायिक विद्यालय तर्फ बढ्दै गएको हुँदा सामुदायिक विद्यालय नै गुणस्तरको केन्द्र बन्ने निश्चित छ ।
    
    सामुदायिक विद्यालयमा विद्यार्थी संख्या किन घट्दो छ, यसका समाधानका उपाय केके हुन् ?    
    समुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको यथार्थ हो । यसको मूल कारण नै सामुदायिक विद्यालयले अभिभावकको विश्वास आर्जन गर्न नसक्नु हो । कतिपय विद्यालयले एसएलसी परीक्षाको नतिजालाई राम्रो गर्न सकेका कारण पनि अभिभावकको विश्वास आर्जन गर्न सकेका छन् । पठनपाठन माध्यम अंग्रेजी बनाउने, आन्तरिक व्यवस्थापन राम्रो गर्ने, अंग्रेजी गणित, विज्ञान जस्ता विषयलाई  अतिरिक्त समयमा थप कक्षाहरु लिने, विद्यार्थीको उपस्थिति दर बढाउने, शिक्षकले शिक्षणको समययावधी बढाउने, अभिभावक, शिक्षक र व्यवस्थापन समिति र पिटिए बीच बेलाबखत अन्तरक्रिया, छलफल संचालन गर्ने र मूल रुपमा विद्यार्थीको सिकाइ क्षमता वृद्धिमा केन्द्रित हुने हो भने सामुदायिक विद्यालय पनि अभिभावक र विद्यार्थीको रोजाइको विद्यालय बन्ने र विद्यार्थी संख्या घट्ने समस्या पनि समाधान हुन सक्दछ । कतिपय विद्यालय आफैले आफ्नै प्रयत्नमा गर्दै गरेका राम्रा प्रयासहरु छन् । त्यस्ता नमुनायोग्य उदाहरणीय उत्तम उपायलाई अन्य विद्यालयले पनि अवलम्वन गर्नु पर्दछ । र यसका लागि राज्यको तर्फबाट पनि यसलाई  समस्याको रुपमा लिई कसरी समाधान गर्ने भन्ने तर्फ जानु पर्दछ । सामुदायिक विद्यालय गाभ्दै जाने र अर्कोतर्फ संस्थागत विद्यालय जति र जहाँ पनि खोल्ने अनुमति दिदै जाने नीति द्विविधायुक्त देखिन्छ ।
    सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन के कस्ता सम्भावना र चुनौती देख्नुहुन्छ ?
    धेरै विद्यालयले गुणस्तर सुधार्ने र विद्यार्थी संख्या बढाउने वा भएकोमा घट्न नदिने उद्देश्यले अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेको अवस्था छ । कतिपय विद्यालयहरुले अंग्रेजी माध्यममा शिक्षण गर्नकै लागि नयाँ जनशक्ति अंग्रेजीमा पठनपाठन गराउन सक्ने गरी व्यवस्था गरेका छन् भने धेरै विद्यालयमा भइराखेकै पुरानै शिक्षकको टिमबाट यसलाई अघि बढाउने प्रयास गर्दै गरेको अवस्था छ । विद्यालयले अंग्रेजी माध्यममा शुरु गरेका शिक्षणलाई व्यवस्थित गर्न उपयुक्त स्तरका पाठ्यपुस्तक व्यवस्थापन, शिक्षकलाई आवश्यक पुनर्ताजगी तालिम, विद्यालयमा  नियमित सुपरीवेक्षण, आवश्यक शैक्षिक सामग्री (श्रव्य दृष्य सामग्री समेत) लगायत अन्य आवश्यक साधन श्रोतको व्यवस्थापनमा राज्यको तर्फबाट विद्यालयलाई उपलब्ध गराइनु पर्दछ ।
    विद्यालयमा प्रधानाध्यापकको भूमिका कस्तो हुनु पर्दछ ?
    प्रधानाध्यापक विद्यालयको व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति मानिन्छ । त्यसैले प्र.अ.को भूमिकाले विद्यालयको सफलता असफलतामा प्रभाव पार्दछ । प्रधानाध्यापकको भूमिका संयोजन कारी हुनु पर्दछ । परिवर्तित सन्दर्भमा प्रधानाध्यापकले अभिभावक, विद्यालय व्यवस्थापन एउटा व्यक्ति मात्र नभएर संस्था समेत भएकोले निश्चय नै उसको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।
    शिक्षकले पढाउन छोडेर राजनीति गर्छन् र सामुदायिक विद्यालय कमजोर भएका हुन् भन्छन् नी ?
    शिक्षक समाजको एक सचेत वर्ग हो । राजनीति समाज परिवर्तनका लागि गरिन्छ । समाजको जुनसुकै तह र तप्काको व्यक्ति कुनै न कुनै रुपमा राजनीतिमा सम्लग्न र सहभागिता हुन्छ । यस अर्थमा शिक्षकले चाही रणनीति बुझ्नै हुदैन वा राजनीतिसँग उसको सामिप्यता नै हुदैन र हुनु हुदैन भन्ने मान्यता गलत हुन्छ । के चाहि सत्य हो भने शिक्षकहरुले आफ्नो आफ्नो आस्था विचारका आधारमा विद्यालयमा विद्यालयभित्र कुनै प्रभाव पार्न प्रयत्न गरिनु हुदैन । विद्यालय भित्र विद्यालय समयमा कुनै पनि शिक्षकले राजनीतिक क्रियाकलाप सहितको आफ्नो भूमिका निर्वाह गरेमा त्यो गलत हुँन्छ । तर,  शिक्षकले पढाउन छोडेर राजनीति, गरेका कारणबाट विद्यालय विग्रेका छन् भन्ने भनाइप्रति सत्यता छैन । विद्यालय पनि पद्धति र प्रक्रियाबाट संचालन भएको संस्था हो । त्यहाँ शिक्षकले वार्षिक रुपमा नियमपूर्वक विदा लिन पाउने व्यवस्था हुन्छ । त्यो भन्दा बढी भएमा उसको गैरहाजिर हुन्छ र तलब समेत कट्टा हुन्छ । कही कतै वेथिति नै छ भने त त्यसलाई सच्याउनु पर्छ  छ÷छैन भन्ने कुरा अनुगमन, निरिक्षण गर्ने निकायहरु पनि छन् नि ।
 
 

प्रतिक्रिया दिनुहोस्