Logo
  बैशाख ७, २०८१ शुक्रबार

‘मास्टर हुने मन थियो सिडियो पो भइयो’



एकमणि नेपाल (५८)लाई सीडीओ होइन शिक्षक हुन्छु जस्तो लागेको थियो रे । ०३५ साल साउन १ गते नायव सुब्बामा उत्तीर्ण भइ गृह मन्त्रालयमा जागिर पोष्टिङ भएपछि उनको शिक्षक हुने सोचाइ समाप्त भएछ । नासुको जागिर खाँदै पाटन कलेजमा ‘पार्ट टाइम’ बढाएको शिक्षण गर्ने धोको भने उनले केही समय पूरा गरेछन् । नासुमा उत्तीर्ण नभएको भए पाटन क्याम्पसमै स्थायी प्राध्यापक हुन्थे रे उनी । प्रशासकीय अधिकृतको रुपमा रोल्पा, सर्लाही, बारा र झापामा सेवा गरेका एकमणि सीडीओ भएर बाग्लुङ, पाल्पा, भक्तपुर र झापामा सेवा गरे । झापा उनी सीडीओ भएको अन्तिम जिल्ला हो । उमेर हदले उनी  सोमबारबाट औपचारिक रुपमा अवकास भएका छन् ।
‘रिटायर्ड लाइफ कसरी बिताउने त ?’ हाम्रो जिज्ञासामा एकमणिले भने– ‘भोलिसम्म म सीडीओ नै हो, कहीकतै शान्ति सुरक्षा खल्बलिएला कि भनेर दिमाग त्यतै केन्द्रित गरेको छु । त्यसबारे सोच्न नभ्याएपनि आफूलाई सन्तुष्टि हुने सामाजिक क्रियाकलाप, मानवीय सेवामा समर्पित हुनेछ ।’
‘सबै नागरिक, दललाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ’– कुशल प्रशासकका सफलताका कडी खुलासा गर्दै एकमणिले भने– ‘नियत सफा हुनुप¥यो, अन्जानवस गल्ती भए सच्याउनुप¥यो, सेवाग्राही र मातहतका निकायको गुनासो सुन्न सक्नुप¥यो अनि लवाइ–खुवाई, उठाइ–(बसाइमा ध्यान दिनुप¥यो ।’ ध्यानपूर्वक कसैको गुनासो सुनिदिँदा पनि आफू आधा सफल हुने उनको अनुभव छ । 
झापामा रहँदा उनले सबैको अभिभावक, कुशल र सफल प्रशासक, इमान्दार र निष्ठावानको परिचय स्थापित गरे । सकारात्मक सोचका कारणले पनि आफूलाई सफल बनाउन टेवा पु¥याएको सम्झन्छन् उनी । झापामा ०४७देखि ०४९ सम्म प्रशासकीय अधिकृत भएर सेवा गर्दा भएको झापालीसँगको परिचयले सीडीओ हुँदा सजिलो र राम्रोसँग काम गर्ने वातावरण बनेको उनले सुनाए । झापालीको जीवनस्तर र सोचाइ उच्च तहको रहेको उनको बुझाइ छ । नचाहिँदो कुरामा झापाली ढिपी गर्दैनन् रे तर कुराचाहिँ तर्कसंगत ढंगले बुझाउनु सक्नुपर्छ भन्छन् । 
झापामा रहँदा आफूले कहिल्यै अप्ठ्यारो महशुस गर्नु परेन भन्छन् उनी । झापामा सीडीओको जिम्मेवारी लिएर दोस्रो संविधानसभामा निर्वाचन अत्यन्त शान्त ढंगले सौहार्द वातावरणमा गर्न सकेकोमा गौरब गर्छन् उनी । यसलाई झापा बसाईकै सुखद् क्षणको रुपमा लिन्छन् उनी । त्यसका लागि धन्यवादका पात्र बनेका छन्  राजनीतिक दल र उनीहरुको प्रतिनिधित्व रहेको संवाद समूह । संवाद समूह र शान्ति समितिमार्फत  दलहरुले निर्वाह गरेको साझा र अभिभावकीय भूमिकाबाट उनी औधि खुशी छन् । एकमणि संवाद समूहको द्वन्द्व पहिचान तथा विश्लेषण समितिका संयोजक पनि हुन् । त्यो समिति र संवाद समूहको समन्वयमा झापाका जटिलता हल गर्न सकिएको र मुलुकमै शान्ति जिल्लाको रुपमा झापालाई स्थापित गर्न सकिएको भन्छन् उनी । भन्छन्– ‘झापाका दलहरुबीचको समझदारी, सहयोगी भावना उदाहरणीय छ । यति राम्रो समझदारी अन्त छैन’ शान्ति सुरक्षालाई विकास निर्माण र अन्य सबै गतिविधिसँग जोडेर हेर्न सक्नुपर्ने उनको अनुभव छ । सबै गतिविधिसँग शान्ति सुरक्षाको विषयमा जोडिएको भन्दै एकमणिले र अन्य सबै गतिविधिसँग जोडेर हेर्न सक्नुपर्ने उनको अनुभव छ । सबै गतिविधिसँग शान्ति सुरक्षाको विषयमा जोडिएको भन्दै एकमणिले थपे– ‘कुनै काम, गतिविधि ठीक ढंगले भए शान्ति सुरक्षा कायम रहन्छ नत्र खल्बलिन्छ ।’
विष्णुमाया र भानुभक्त नेपालका ६ छोरामध्ये ठाइँलो हुन् एकमणि । २०१३ साल मंसीर २ गते भोजपुरको कोट गाविस–१ मा जन्मिएका उनले त्रिभुवन विश्व विद्यालयबाट एमएसम्मको शिक्षा ग्रहण गरेका छन् । ०३९ सालमा कमला पोखरेलसँग विवाह बन्धनमा बाँधिएका एकमणि दुई छोरा एक छोरीका अभिभावक समेत हुन् । छोरा सुमनमणि र सुदीपमणि छन् । सुदीपमणि इन्डोर क्रिक्रेटका कुशल प्रशिक्षक हुन् । छोरी सुस्मिता नेपाल टेलिकमको इञ्जिनियर छिन् । श्रीमती कमला मिसास सहकारी संस्थाको प्रबन्ध निर्देशक । भोजपुरपछि नेपाल परिवारको बसाइ मोरङको बाहुनी हो । त्यहाँ मूल घर छँदैछ । साइँलो दाजु सूर्यमणि त्यही खेती गर्छन् भने काइँलो लक्ष्मीमणि त्यहीको विद्यालयको रिटायर्ड प्रधानाध्यापक । जेठादाजु ज्ञानमणि प्राज्ञ हुन् । माइलो टंकमणि रिटायर्ड प्राध्यापक हुन् भने कान्छा भाई रत्नमणि चन्द्रज्योति प्रेसका सञ्चालक हुन् । पिता भानुभक्त भने पण्डित थिए रे । 
विभिन्न तहमा सेवारत रहेकै क्षणमा नेपाल सरकारको प्रतिनिधि भएर र अन्य सन्दर्भमा उनले गरेको भारत, हङकङ, चीन, जापान र अष्ट्रेलिया मुलुकको भ्रमणले उत्कृष्ट अन्तर्राष्ट्रिय अनुभव र अभ्यासलाई नेपालमा प्रयोग गर्न टेवा पुगेको छ । उनको सेवाको उच्च मूल्यांकन स्वरुप सरकारबाट सुप्रवल जनसेवा श्रीपदक चौथो, गोरखा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट जस्ता उत्कृष्ट विभूषणले उनी विभूषित भएका छन् । 
मुख्य सल्लाहकार रहेर एकमणिकै अभिभावकत्वमा सहारा नेपाल (साकोस) मुख्य आयोजक र झापाका ६८ वटा संस्था आयोजक भई राष्ट्र निर्माणमा प्रत्येक नागरिकको सहभागिताका लागि श्रम र रकम समर्पण गर्ने समर्पण राष्ट्रिय अभियान २०७१ राष्ट्र निर्माणका लागि ‘मोडल’ बनेको छ । २०७१ बैशाख २६ गते झापाका पाँच हजार नागरिकको जनही दुई हजार रुपैयाँ र केही घण्टा श्रम समर्पण अन्तर्गत पवित्र कनकाई नदी तटबन्ध तथा संकलित रकमबाट कर्मयोग भवन निर्माणको निर्णय बमोजिम २०७१ कात्तिक ३० गते एकमणिले आफ्नै बाहुलीबाट उक्त निर्माण कार्यको शिलान्यास पनि गर्न भ्याए । सहारा नेपाल (साकोस) को १८औं बार्षिक साधारणसभाको अवसर पारी उत्कृष्ट सेवा, कुशल अभिभावकत्व, नागरिकको सेवाप्रतिको लगनशीलता र इमान्दारिताको उच्च मूल्यांकन गर्दै आम झापाली नागरिकको तर्फबाट भन्दै उत्कृष्ट प्रशासकको रुपमा सम्मान–पत्रसहित सम्मान समेत गरेको छ । 
०५५ सालदेखि सीडीओको जिम्मेवारी सम्हाल्दै आएका एकमणि ०७० बैशाख २४बाट झापाको सीडीओ भएका हुन् । यो कार्यकालमा उल्लेख्य धेरै काम भएपनि दुई वटा काम भने सबैले मनन गर्न योग्य छ । पहिलो समर्पण राष्ट्रिय अभियान सफल पार्नु, दोस्रो जिल्ला प्रशासन कार्यालय जीर्ण भवनबाट आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी सेवा शुभारम्भ गराउनु । 
। आफ्नो कार्यकाल सफल बनाउन सहयोग पु¥याउने सबै झापावासीमा आभारपनि व्यक्त गरे । भने– ‘झापाको कार्यकाल र झापालीले दिएको माया जीवनभर भुल्दिन ।’
प्रस्तुतिःएकराज गिरी
 

प्रतिक्रिया दिनुहोस्