Logo

संगित भित्र बौद्धिकताको खाचो ः गायिका प्रबिशा



बिगत ५ बर्षदेखि संगितको अनबरत साधनामा लागि परेकी गायिका प्रविशा अधिकारी यतिबेला पाश्र्ब गायन संगसंगै सगिंतका अन्य बिधामा पनि आफुलाई संलग्न उनले आफुलाई संगितमा समर्पित गर्न थालेकी छन् । बि.स २०६५ साल देखि संगित क्ष्ँेत्रमा लागेकी गायिका प्रबिशाका दुई सय गित रेर्कडि¨ भैसकेका छन् । ५० बटा गित बजारमा आईसकेका छन् । झापाको राजगढमा बि.स. २०४५ सालमा जन्मिएकी प्रबिशाले गाएको कसलाई दिउँ यो जोबन चलचित्रको तिमि जहा छौ म त्यहि छु बोलको गितले उनलाई सांगितिक आकाशमा सुरुबातमै चर्चाको शिखरमा पुर्याएको थियो । प्रस्तुत छ गायिका प्रबिशा अधिकारीसंग सहकर्मि प्रकाश पाठकले गरेको कुराकानी ः
    प्रबिशा जी तपाईको ब्यस्तता अहिले कतिको छ ?
ब्यस्तै भईराखेको छु । बिभिन्न गितहरुको रेर्कडि¨ र संगितको साधनामै आजभोलि मेरो दिनहरु बितिराखेको छ ।
    तपाई सांगितिक क्ष्ँेत्रमा प्रबेश गर्नुभाको ५ बर्ष भैसकेको छ ? के कति गितहरु गाईसक्नु भयो ?
मेरो यो सांगितिक यात्रामा करिब २ सय गित रेर्कडि¨ गरिसकेको छु । ति मध्ये ५० भन्दा बढि गित बजारमा आईसकेका छन् । अब केहि गितहरु चाडै बजारमा आउने तयारिमा छन् । यि मध्ये चलचित्रका पाश्र्ब गायनमै प्रायः ब्यस्त छु ।
    संगितलाई कसरी बुझ्नु हुन्छ ?
हुन त संगितलाई बुझ्ने आ आफ्नै तरिकाहरु छन् । तर मेरो भने संगित प्रतिको बुझाई भिन्नै छ । मेरो अर्थमा संगित मानविय आबश्यकत्ताको एक परिपुरक साध्य हो । जुन हरेक अबस्थामा आवश्क छ । संगित त मनलाई बहलाउन सक्ने र मानिशको संबेदनालाई छुन सक्ने हुनु पर्दछ ।  
    पछिल्लो समयमा संगित त अर्कै बिकृती तर्फ लाग्या छ नी ?
हो त्यसलाई म पनि स्वीकार्छु । संगितलाई संगितकै ठाउँमा राख्नुपर्छ । अहिले नेपाली गित संगितले आफ्नो ट्रयाक नै छाडेका छन् । मनमा बिझ्ने संगितको धेरै अभाब छ नेपाली संगित क्षेत्रमा । यसको मुख्य कारण नै सांगितिक क्ष्ँेत्रमा अनविज्ञ मानिसको प्रवेशले गर्दा नै हो । यहाँ त के पनि देखिएको छ कि आफ्नो रहरलाई पुरा गर्न पनि गित र संगितलाई बजारसम्म ल्याउने मान्छेहरु छ्यापछ्याप्ती रहेका छन् । सांगितिक सुझबुझ बिनाको यात्राले पनि यसलाई बिकृत रुप दिईरहेको छ ।
    तपाई यति राम्री हुनुहुन्छ, नायिकाको प्रस्ताब आयो भने के गर्नुहुन्छ ?
नायिकाको प्रस्ताब मलाई नआएको होईन । तर एकैपटक दुईबटा ढु¨गामा खुट्टा नराखौ भन्ने मेरो सोच हो । म सांगितिक क्षेत्रमा धेरै लामो यात्राको लागि हिडेकि छु । यहि क्ष्ँेत्रमा आफ्नो पहिचान बनाउछु । नेपाली सांगितिक क्ष्ँेत्रमा अहिले देखिएको अभाबलाई पुर्ति गर्न नै मेरो पहिलो प्रयास रहनेछ । त्यसैले सांगितिक यात्रानै मेरो पहिलो रोजाई हो । म सकुन्जेल संगितमै अगाडि बढ्छु ।
    सांगिति क्ष्ँेत्रमा प्रबेश गर्ने प्रेरणा कहाँबाट जुर्यो तपाईलाई ?
मेरो सानै देखिको रुचीको बिषय पनि थियो । त्यसलाई मेरो पारिबारिक सहयोग पनि प्राप्त गरे । त्यसैले यहाँ आईपुग्ने प्रेरणा भनेको मेरो परिबारबाटै प्राप्त भएको हो ।
    सागितिक आकाशमा तपाईलाई आफ्नो सबैभन्दा सबल पक्ष्ँ के लाग्छ ?
गित गाएर मात्रै गायक बनिन्दैन । गितको भाब र मर्म अनुसार आफुले पनि साधना गर्नुपर्ने हुन्छ । म हरेक गित गाउनु अघि त्यो गितका शब्द संयोजन र त्यसको संगितसँग आफुलाई समाहित गर्ने प्रयास गर्छु । गित र संगितमा डुबेर मात्र गितको रेर्कडि¨मा पुग्छु । यहि पक्ष मेरो सबल पक्ष्ँ हो ।
    अन्त्यमा केहि भन्नु हुन्छ कि ?
संगित बुझ्दा अपारताको सागर हो । सुरुबातमा यो क्ष्ँेत्रको महत्ब र भाव बुझ्नु पर्यो जो यो क्ष्ँेत्रमा लाग्नु हुन्छ । नेपाली संगित क्षेत्रमा भएको बौद्धिकताको कमिलाई हटाउन तपाईको प्रयास रहन्छ भने मात्र सांगितिक क्ष्ँेत्रमा प्रबेश गर्दा आफ्नो पहिचान र सांगितिक धरातल राम्रँे हुन्छ । तसर्थ चर्चा र प्रमोशनका लागि नभई सबल र सक्ष्ँम ब्यक्तिको प्रबेश होस संगित क्ष्ँेत्रमा भन्ने मेरो सुझाब छ ।
 

प्रतिक्रिया दिनुहोस्