Logo
  बैशाख ६, २०८१ बिहीबार

नेपाल र अफगानिस्तानको भविष्य आइसिटीमा छ : अफगानी राजदुत



शहिदा मोहम्मद अब्दाली नेपाल, भारत, माल्दिभ्स र भुटानका लागि अफगानिस्तानी राजदुत हुन् । नेपालस्थित एसियन इन्टिच्युट अभ डिप्लोमेसी एन्ड इन्टरन्यासनल अफेयर्स ९आइडिआइए० ले केही समयअघि आयोजना गरेको ‘अफगानिस्तानमा ब्यापार तथा लगानीको अवसर’ नामक अन्तर्कृयात्मक कार्यक्रममा सहभागी हुन राज्दुत अब्दाली काठमाडौ आएका थिए । उक्त कार्यक्रमका दौरान  शिव बस्नेत र अर्जुन सापकोटाले सम्बन्धित विषयवस्तुमा रहेर राज्दुत अब्दालीसँग लिएको अन्तरवार्ता :


एक समय राजधानी काबुल लगभग पुरै ध्वस्त थियो । तर, अहिले अर्थतन्त्रको केन्द्र बनिरहेको छ । यस्तो सफलता र आर्थिक समृद्धीको लागि आइसिटी क्षेत्रको प्रयोग कसरी गरिएको छ ?

अफगानिस्तानमा सबैभन्दा राम्रो विकास भएको क्षेत्रमध्ये आइसिटी पनि एक हो । अहिलेको समय आइसिटीको हो र हामीले अन्य विकसित राष्ट्रबाट धेरै सिक्नु पर्दछ । हाम्रा हरेक नागरिकसमक्ष सूचना तथा प्रविधि पुर्याउनु पर्दछ तब मात्र हाम्रा जनताले बाहिरी संसारसग प्रतिस्पर्धा गर्न सक्दछन् । एक्काइसौ शताब्दीको भाषा भनेको आइसिटी हो र आइसिटीको माध्यमले नै हाम्रा जनतालाई जोड्नु पर्दछ । अफगानिस्तानले विगतका १४ वर्षमा आइटी क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विश्व ग्लोबल भिलेज बनिसकेको छ । नेपाल र अफगानिस्ताजस्ता विकासशिल राष्ट्रको समृद्धीको लागि अझ हामीले हाम्रा जनताहरुलाई दूरसञ्चार, इन्टरनेट प्रणाली तथा मिडियाका माध्यमबाट जोड्नुपर्दछ । विकसित राष्ट्रहरु आज चौतर्फीरुपमा समृद्ध भएको एउटै कारण उनीहरुबीच आइसिटीले स्थापित गरेको संबन्ध नै हो । उनीहरु चौबीसै घन्टा एकआपसमा जोडिएका छन् । त्यसकरणले आर्थिक संमृद्धीको लागि विकासशिल देशका नागरिकहरु पनि अइसिटीद्वारा जोडिनुपर्दछ । आइसिटी क्षेत्र समुद्र हो, यो समुद्रको हामी जति प्रयोग गर्दछौ त्यति नै मात्रामा हामी संमृद्धीतर्फ लम्कन सक्दछौ ।

नेपाल तथा अफगानिस्तानले दूरसञ्चारको क्षेत्रमा ठूलो फड्को मारेका छन् । नेपालमै पनि मोबाइलफोन प्रयोग गर्ने जनसंख्या ९० प्रतिशत नाघिसकेको छ । तर, समग्र आइसिटी क्षेत्रको विकास अझै हुन सकेको छैन । सक्षम र प्रतिभावान् युवाहरु विदेश पलायन भैरहेका छन् । यस्तो परिपेक्षमा आइसिटी क्षेत्र कसरी अघि बढ्न सक्छ ?

अफगानिस्तानमा पनि ३ करोड मध्य लगभग २ करोड २० लाख जनाले मोबाइलफोन प्रयोग गर्दछन् । सन् २००२ सम्म अफगानिस्तानमा मोबाइलफोन थिएन । २००२ मा अफगानिस्तानको भ्रमणका दौरान संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानले उपहारस्वरुप दिएको मोबाइलफोन नै अफगानिस्तानको पहिलो मोबाइलफोन थियो । हो, समग्रमा हामीले प्रविधिको विकास गर्न नसकेको कुरा यथार्थ हो । अर्को महत्वपूर्ण कुरा, हामीले हाम्रा प्रतिभावान जनशक्तीहरु गुमाएका छौ । सरकार तथा व्यवसायीहरुले यस्तो जनशक्तीमाथि लागानी गर्नु पर्दछ, रोजगारी प्रदान गर्नु पर्दछ । लगानी गर्न सक्ने व्यवसायीहरु एक भएर आइसिटी क्षेत्रमा लगानी गर्नुपर्दछ जसको कारणले युरोप तथा अमेरीकामा सफ्टवेरहरु बनाउने हाम्रा दक्ष जनशक्ती स्वदेश फर्कन सकून् र आफ्नो देशको आइसिटी क्षेत्रको विकास गर्न सकून् । हामीले लगानीकर्ताहरुलाई आइसिटी क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नु पर्दछ । किनकि नेपालको जस्तै अफगानिस्तानको भविष्य पनि आइसिटी नै हो  ।

नेपाल तथा अफगानिस्तान दुबै देशमा डिजिटल डिभाइड यथावत छ । डिजिटल डिभाइडलाई हटाउन के गर्नु पर्ला ?

हामीजस्ता विकासशील देशमा डिजिटल डिभाइड ९प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाल्डो० यथावत छ । यो खाल्डो पुर्ने एउटै मात्र साध्य भनेको शिक्षा हो । उनीहरु जब शिक्षित हुन्छन्, त्यसपछि स्वतस् डिजिटल संसारमा प्रवेश गर्दछन् । यसको लागि हामीले वातावरण वनाउनु पर्दछ । साथै, हाम्रो शिक्षा प्रणालीलाई पनि अद्यावधिक बनाउदै जानुपर्दछ ।

अफगानिस्तानमा ई–गभर्नेन्सको लागि आइसिटी कसरी प्रयोग भएको छ । तपाईको विचारमा, नेपालले प्रभावकारी इ–गभर्नेन्सको लागि कसरी आइसिटीको प्रयोग गर्न सक्दछ ?

अफगानिस्तान ई–गभर्नेन्सको क्षेत्रमा प्रवेश गरिसकेको छ । भारत ई–गभर्नेस प्रणाली बारे सिक्ने र लागू गर्ने सन्दर्भमा एउटा ठूलो माध्यम बन्न सक्दछ । भारतबाट हामीले धेरै कुरा सिक्न सक्दछौ । हाम्रो परम्परागत कर्मचारीतन्त्रले द्रुत उन्नति तथा विकास हुन दिइरहेको छैन । हाम्रो कर्मचारीतन्त्रलाई पूर्णरुपमा फेर्नुपर्दछ । अहिले भारतले यही गरिरहेको छ । जनताले छिटो र सहज ढङ्गले सेवा पाइरहेका छन् । ई–गभर्नेन्सको लागि पनि हामीलाई सक्षम जनशक्तीको आवश्यकता पर्दछ । त्यसकारणले यस्ता जनशक्तीको उत्पादन गर्नेतर्फ हाम्रो ध्यान पुग्नुपर्दछ । सरकारले यसबारेमा सोच्ने बेला आइसकेको छ ।

अफगानिस्तानमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था कस्तो छ रु पटक–पटक सोसल मिडियाहरु किन बन्द गरिएका हुन् ?

अफगानिस्तानमा मिडियाहरु पूर्णतया स्वतन्त्र छन् । सरकारले कुनै प्रतिवन्ध लगाएको छैन । आज अफगानिस्तानमा २ सयभन्दा बढी अखबारहरु हुनु, ६० टिभी च्यानलहरु हुनुको पछाडि प्रदत्त स्वतन्त्रता कै उपज हो । अफगानिस्तानमा सबैन्दा छिटो विकास भएको क्षेत्र पनि मिडिया नै हो । तर, मिडियाहरुले पनि राष्ट्रिय हितलाई मध्यनजर गदै जिम्वेवारी बहन गर्नु पर्दछ । कसैले राष्ट्रिय हितविरुद्ध अघि बढ्छ भने सरकारले बाध्यकारी कदम चाल्नुपर्ने बाध्यता पनि आउन सक्छ ।

तपाई नेपालको लागि पनि राजदुत हुनहुन्छ । आजसम्म आइपुग्दा नेपाल र अफगानिस्तानको द्विपक्षिय संबन्धलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

हाम्रो संबन्ध आजकोभन्दा अझ धेरै विकसित हुनुपर्ने थियो । हाम्रो संवन्ध धेरै पुरानो हो । सन् १९६० को दशकमा हाम्रो दौत्य संबन्ध स्थापित भएको थियो । यति लामो संबन्ध अपेक्षाकृतरुपमा अघि बड्न नसक्नु र हामी यति नजिक भएर पनि जोडिन नसेको संदर्भले भने मलाई दुस्खित तुल्याएको छ । तर, हामी एकअर्कासग टाढिनुको पनि कारण रहेको छ । हामी दुबै देश आन्तरिकरुपमा विध्वंशकारी द्वन्दको दलदलमा फस्यौ । उस्तै संक्रमणकालिन आवस्थाबाट गुज्रियौ । यसले गर्दा हामीलाई सखाप पार्ने काम गर्यौ । यद्यपि, अझै पनि ढिलो भइसकेको छैन । अब हामी शान्ति र स्थायित्वतर्फ लम्कदैछौ । हाम्रो संबन्ध प्रगाढ बनाउन र सक्ने धेरै ठाउहरु रहेका छन् । विगतमा हामीले भोगेका अनुभवहरु आदानप्रदान गरेर दुवै देशको संयुक्त विकासको लागि गर्न सकिने धेरै ठाउँ रहेका छन् । त्यसबारे गृहकार्य पनि सुरु गरेका छौ । यस्तोमा हामीलाई अझ नजिक ल्याउन सार्कले झनै ठूलो भूमिका खेल्न सक्दछ ।

आइसीटीबाट

प्रतिक्रिया दिनुहोस्