Logo

‘सबैले हामीलाई समर्थन गर्नु भएको छ’



स्थाननीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरका लागि नेकपा माओवादी माओवादी केन्द्रका तर्फबाट मेयर पदका लागि उम्मेद्वार बनेका छन्, हंशलाल राजवंशी । विकास र समृद्धिलाई आफ्नो मूल उद्देश्य बताउने उनी लामो समयदेखि माओवादी केन्द्रमा क्रियाशील छन् । इमानदार, लगनशील र कर्मशील उनी आफू मेचीनगरको मेयरमा जित हासिल गर्नेमा विश्वस्त छन्, प्रस्तुत छ उनै विकासप्रेमी हंशलालसँग गरिएको संक्षिप्त कुराकानीको अंश:

तपाई माओवादी केन्द्रको तर्फबाट मेचीनगरको मेयरमा उम्मेद्वार बन्नु भएको छ । कसरी चुनावी कार्यव्रmम अघि बढाइरहनु भएको छ ?
हाम्रो उम्मेद्वार चनोट करिब– करिब सकिएको छ । सबै वडाको वडाध्यक्ष र परिषद सदस्यहरुको पनि । अब हामी यही १० गते नगरपालिकाको सबै प्रतिनिधिहरुको नाम घोषणा गर्दैछौँ । त्यसपछि कतिपय वडाहरुमा घरदैलो कार्यव्रmम सुरु भइसकेको छ ।घरदैलो कार्यव्रmममा साथीहरु व्यस्त हुनुहुन्छ । 

पार्टीले तपाईलाई नै मेयरको उम्मेद्वार बनाउनुको कारण नि ?
नगर कमिटीका साथीहरुले एकमतले मलाई समर्थन गर्नुभयो । सबैले हार्दिकताका साथ मलाई सबैले समर्थन गरेर निर्णय गर्नुभएको हो । मेरो उम्मेद्वारी दिनुको आवश्यकता के रह्यो भने नयाँ संरचना अनुसार मेचीनगरपालिकामा करिब ४५ प्रतिशत आदिवासी जनजाति समुदायको बसोवास रहेको छ । हाम्रै मूलका राजवंशीदेखि लिएर धिमाल, मेचे, सन्थाल, पान, किसान, त्यस्तै मगर, गुरुङ, राई, लिम्बू अनि नेवारहरुको सङ्ख्या अधिक भएको पाइन्छ । अर्को कुरा आदिवासी जनजाति महाङ्घहरुले पनि हाम्रो समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनु भएको छ भनेर मलाई समर्थन गरेको अवस्था छ । काङ्ग्रेस एमाले निकटका महासङ्घबाट कोही पनि मेचीनगरमा मेयरको उम्मेद्वार हुनुहुन्न । सायद मलाई लाग्छ आदिवासी जनजातिको बसोबासको आधार मानेर पार्टीले सर्वसम्मत उम्मेद्वार बनाएको हो ।

मेचीनगरमा माओवादी केन्द्रको अवस्था कस्तो छ ?
पहिले हाम्रो साङ्गठानिक अवस्था त्यति राम्रो थिएन । तर अहिले आएर हामीले पनि नसोचेको ढङ्गबाट सुधार आएको पाइएको छ । अर्थात साङ्गठानिक अवस्था मजबुत भएको छ । सबैले हामीलाई समर्थन गर्नु भएको अवस्था छ । १५ वटा वडामा १५ वटै ठडा कमिटी सव्रिmय छन् । एउटा वडामा झण्डै २६÷२७ वटा टोल समिति गठन भएका छन् । प्रत्येक टोल समितिमा कम्तिमा २५ जना सङ्गठित हुनु भएको छ । र, सङ्गठित सदस्यहरु अहिले सव्रिmय रुपमा चुनावमा लाग्नु भएको छ । पुराना साथीहरु पनि अहिले उत्तिकै रुपमा लाग्नु भएको अवस्था छ । समग्रमा भन्नुपर्दा हाम्रो पक्षमा लहर नै चलेको छ । हाम्रो पार्टीको गतिविधि देखेर काङ्ग्रेस एमालेका साथीहरु पनि त्रसित हुनु भएको हामीले ठाउँ– ठाउँबाट सुनिरहेका छौँ ।

अन्य पार्टीसँगको ताममेलको कुरा के भइरहेको छ ?
पहिलो कुरा पश्चिमतिर भएको तामेलको निर्णय हामी पर्खिरहेका छौँ । त्यसको रिजल्ट राम्रै आयो भने तालमेल नगर्ने भन्ने कुरै छैन । हामी तालमेलको हामी विरोधी होइनाँै । व्यक्तिरुपमा पनि तालमेल गर्नु हुँदैन भन्ने पक्षमा म छैन । तर, तालमेल गर्दा मतदाताको भावनालाई कुण्ठित गर्ने गरी गर्नु हुँदैन जस्तै पश्चिमममा निर्वाचनमा उम्मेद्वार नै नभएको ठाउँमा भोट हालेको पाइयो । यो एउटा दुर्घटना हो । मतदाताको भावनालाई यदि सम्मान हुने गरी तालमेल हुन्छ भने त्यो हुनुपर्छ । 

यदि तालमेल हुँदा ब्याक सर्नु पर्ने अवस्था आयो भने तपाई तयार हुनुहुन्छ ?
म पार्टीको सिपाई भएको नाताले म व्याक सर्न त ठूलो कुरो होइन । मुख्य कुरो पार्टीले नित्नु पर्छ । तर, तालमेलको नाममा भोलि गएर पार्टी हार्यो भने यसको जिम्मेवारी कसले लिने हो त्यो अहिले नै तयार हुनु पर्यो नि । तालमेलको नाममा जित्ने साथीहरुलाई ब्याक सार्ने काम गर्नु हुँदैन । 

चुनाव जिने आधारहरु के छन् ?
मेचीनगरमा जति पनि राजनीतिक दलहरु छन्, उनीहरुले आफ्नै मात्र सदस्यको भोट ल्याएर जित्न सक्ने अवस्था म देख्दिन ।  मतदाताहरुलाई जसले आफूतिर आकर्षित गर्न सक्छ, उसैले जित्ने हो । त्यसैले कुन उम्मेद्वारले मतदाताको पक्षमा काम गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले म दाबीका साथ भन्नसक्छु कि काङ्ग्रेस, एमाले, राप्रपालगायत अन्य पार्टीका मतदाताले भोट दिनु हुन्छ । सबै पार्टीमा रहनु हुने आदिवासी जनजाति समुदायका नेताहरुले मलाई भोट दिने वचन दिइसक्नु भएकाले पनि मेरो जित सुनिश्चित छ । केही पार्टीहरुले त माओवादीसँग एजेण्डा मिल्ने भएकाले आफूहरु उम्मेद्वारी नदिने र समर्थन गरेर जाने कुरा भइरहेको छ । अझ पहिचानवादी राजनीतिक शक्तिले सपोर्ट गर्ने भएकाले पनि पनि म चुनाव जित्छु । अर्को कुरा आदिवासी जनजाति समुदायको व्यक्ति भएकाले पनि मलाई जिताउन साथीहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेलिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्