Logo

एनआरएनए साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्वाचित



काठमाडौँ, ३ साउन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित भएकी छन् । अध्यक्षमा दाबेदार रोशनकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अर्याल अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन ।

परिषद्मा उम्मेदवारी दर्ताका लागि जुलाई १५ सम्मको समसय निर्धारण गरिएको थियो । उम्मेदवारी दर्ता अवधिमा बरिष्ठ उपाध्यक्षवाहेक अन्य पद निर्विरोध भएका छन् । बरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई र विशालकुमार श्रेष्ठ उम्मेदवार छन् । निर्वाचन समितिले बरिष्ठ उपाध्यक्षमा पनि सहमति जुटाउने प्रयास गरिरहेको छ ।

निर्वाचन समिति अनुसार अध्यक्ष रबिना अर्याल, उपाध्यक्ष राज कुमार गिरी, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी, महासचिव शुक्र तामाङ, सचिव ध्रुब कटवाल, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्ष दुर्गाबहादुर काउचा, युवा संयोजक बिष्णु रावत, महिला संयोजक लक्ष्मी थापा मगरको मात्र उम्मेदवारी रहेकाले उनीहरु निर्विरोध भएका हुन् ।

देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दिपक ढुङ्गाना, अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी तीन सदस्यीय आईसीसी सदस्यमा रामबहादुर क्षेत्री र दीपक रेग्मीको मात्र उम्मेदवारी परेकाले दुबै जना निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्षमा सहमति भएपछि औपचारिक घोषणा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्