Logo

माछा मार्न आफैले थापेको जालमा परेर डुब्दा एक जनाको ज्यान गयो



पाल्पा, ६ साउन । पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ ।

रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी चौकी हुँगीले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा पाडेमगरको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्