Logo

बिपीको सालिक अनावरण



सुनसरी, ६ साउन । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा-९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्