Logo

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या



धनुषा, ७ साउन । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका छन् । गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्