Logo

डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत



झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापा शाखाले शहीद देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारले पत्रकार दीपक अधिकारीलाई सम्मान गरेको छ । बिर्तामोडमा आइतवार आयोजित कार्यक्रममा भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई पुरस्कारबाट सम्मान गरिएको हो ।

कोशी प्रदेश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कार्की र डी. कौडिन्यकी पुत्री तृष्णा आचार्यले नगद २१ हजारसहित पुरस्कृत गरेका हुन् । जनपक्षीय पत्रकारितामा सक्रिय आचार्य जनयुद्धको क्रममा शहीद भएका थिए ।

शहीद कौडिन्यको जीवनीको चर्चा प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेले गरेका थिए । पुरस्कृत व्यक्तित्व अधिकारीको परिचय सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), माओवादी केन्दका नेता सीपी कडरिया, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतका सहभागिले बधाई तथा शुभकामना व्इक्त गरेका थिए । सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सचिव पुष्प खड्काले संचालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्