Logo

धूलाबारी जुनियर जेसिजको आयोजनामा अध्यक्षहरुको भेला कन्याममा सम्पन्न



इलाम, ८ साउन । धूलाबारी जुनियर जेसिजको आयोजनामा पहिलो पटक शाखा अध्यक्षहरुको भेला सम्पन्न भएको छ ।

धूलाबारी जूनियर जेसिजका अध्यक्ष आर्यन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जुनियर जेसीजका संयोजक रशिक शाक्य रहेका थिए ।

गत साउन ५-६ गते इलामको कन्याममा सम्पन्न उक्त भेलामा प्रशिक्षण कार्यक्रम, अध्यक्षहरुको बैठक, मनोरञ्जन साँझ, कन्यामको दृश्यावलोकन लगायतका कार्यक्रमहरू आयोजना गरिएको धूलाबारी जुनियर जेसिजका पूर्व अध्यक्ष शैलेश गौतमले जानकारी दिए ।

नेतृत्व र भातृत्व विकास गर्ने मूल उद्देश्यको साथ आयोजना गरिएको भेलामा कार्यक्रम तालिका अनुसार नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राजीव प्रसाईंले “Master of Ceremony” विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त अवसरमा क्षेत्र ‘क’ संयोजक विवेक घिमिरे, क्षेत्र ‘ग’ संयोजक मनिष ढकाल, धूलाबारी जूनियर जेसिजका संस्थापक अध्यक्ष सुलभ भण्डारी, पूर्व अध्यक्ष शैलेश गौतम, निवर्तमान अध्यक्ष सचेत घिमिरे, मातृशाखाका प्रतिनिधिहरू, विभिन्न शाखाका अध्यक्ष, पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।

धूलाबारी जूनियर जेसिजका निवर्तमान अध्यक्ष सचेत घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रूकसना शिवाकोटीले गरेकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस्