Logo

दाङमा बस दुर्घटना: आठ जना घाइते



दाङ, ८ साउन । दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै सडकको छेउमा पल्टिएको हो ।

घाइते हुनेमा तिलकबहादुर रोका, २२ वर्षीया अञ्जु चौधरी, ३५ वर्षीया दिलकुमारी बुढा, २६ वर्षीया निता बुढा, ४६ वर्षीया नम्रता पोख्रेल, ४२ वर्षीय घनश्याम बस्नेत, ३६ वर्षीया मनकुमारी खत्री र ४३ वर्षीया मिना गिरी रहेका छन् ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्