Logo

प्रहरी नायब निरीक्षक पौडेल मृत फेला



जनकपुरधाम, ९ साउन । बाग्लुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

गएराति इलाका प्रहरी कार्यालय भिमगिठेबाट निस्किएका पौडेल आज बिहान बडिगाड गाउँपालिका-६ खाल बजारमा रहेको एक होटलमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्