Logo

पाँचथर दुर्घटना अपडेट: घाइते थप एक जनाको मृत्यु



पाँचथर, १० साउन । पाँचथरको फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका-१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ ।

प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए ।

घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ । झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२:१५ बजे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर छेउमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्