Logo

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु



नवलपरासी, १० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ ।

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरु उपचारपछि निको भएका छन् । बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

बिरामी भएका अन्य तीन जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्