Logo

झापामा एक वर्षमा ३३६ जना लागुऔषध कारोवारी पक्राउ



झापा, ११ साउन । झापामा एक वर्षमा लागुऔषध सम्बन्धी दर्ता भएका २०६ वटा मुद्दा मध्ये २०५ वटाको फस्र्यौट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालका अनुसार आर्थिक बर्ष २०७९र०८० मा १७ भारतीय नागरिकसहित ३३६ जना लागुऔषध कारोवारी पक्राउ परे । पक्राउ पर्ने १६ बर्षदेखि ६० बर्षसम्मका छन् ।

डिएसपी रिजाले १६ बर्ष मुनिका एक जना, १६ देखि २५ बर्ष उमेर समूहका १२७ जना, ३६ देखि ४५ बर्षका ३८ जना, ४६ देखि ६० बर्षका १२ र ६० बर्षमाथिका एक जनालाई प्रहरीले मुद्दा चलाएको बताए ।

जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवललगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ ।

गत आर्थिक वर्षमा लागू औषध सेवनकर्तालाई मनोपरामर्श दिई ९६२ जना परिवारलाई जिम्मा लगाइएको रिजालले बताए ।

उनले एक वर्षको अवधिमा लागु औषधि मुद्दामा लगभग दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, ११५ लुपिजेसिक, १३० एमपुल डाइजापाम, १२५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्