Logo

मादी नदीमा शव फेला



तनहुँ, १३ साउन । तनहुँको व्यास नगरपालिका-१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ ।

बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्