Logo

जातीय विभेदविरुद्ध बालुवाटारमा प्रदर्शन



काठमाडौँ, १३ साउन । जातीय विभेदका घटना बढ्दै गएको भन्दै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध व्यक्तिहरूले शनिबार बालुवाटारमा प्रदर्शन गरेका छन् ।

बझाङमा दलितको घर भत्काइएको, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाइएको, पश्चिम रुकुमको घटनालगायत विभेद बढ्दै जाँदा पनि राज्य मौन रहेको भन्दै प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरिएको हो ।

उनीहरूले ‘व्यवस्था परिवर्तन भो, अवस्था परिवर्तन कहिले?’, ‘पीडितलाई न्याय दे’, ‘जातीय छूवाछुत अन्त्य गरौँ’, ‘जातीय विभेद बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले पटक-पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

विभेदका घटनाका दोषीलाई कानुनी दायरामा नल्याए कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्