Logo

यात्रुको झोला जथाभाबी तानेर दुःख दिने १० जना पक्राउ



काठमाडौँ, १४ साउन । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दु:ख दिने १० जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोङ्गबुमा रहेकाे नयाँबसपार्कमा यात्रुको झोला तानेर दु:ख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न ठाउँबाट काठमाडौँ आएका यात्रुलाई जबरजस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । ‘शुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ, घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने । ‍याे अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्